झ्याउँकिरिको 'कन्सर्ट'ले ब्युँझाएका सम्झनाहरु !
यदि अब महामारीको अन्त्य हुने हो भने जीवनको सबभन्दा सुन्दर समय रह्यो यो। मेरो मात्र होइन, धेरैको लागि अद्भुत विश्राम भयो। हुन त हामीहरुको दैनिकिमा विभिन्न किसिमका बन्द हड्तालले अचानकको गरिरोध सृजना नगरेका होइनन तर यसरी घरबाट बाहिर समेत ननिस्केर, अरुले के के न भ्याइसके कि भन्ने सुर्ता नभैकन बेफिक्री बसेको चाहिँ यो पुस्ताको पहिलो भोगाइ हो। महामारीले कस्तो रुप लिने हो, मानव जातिकै अन्त्य पो हुने हो कि अथवा लामो समय यस्तै अवस्था रह्यो भने जुन पटरिबाट जीवन गुज्रिएको थियो त्यसमा असहजता आउने हो कि भन्ने चिन्ता नभएको भने होइन तर मान्छे स्वभावतः आफ्नो चिन्ता गर्दो रैछ जगतको होइन। सबैको साझा समस्यालाई मान्छेले 'पर्सनल्ली' नलिंदो रैछ। मेरो मात्रै ब्यबसाय, ब्यपार, रोजगारी अथवा अन्य कुनै पेशा बन्द भएको भए यो दुई अढाई महिनाको मानसिक प्रताडना सहन योग्य पक्कै हुने थिएन। सुरु सुरु तिर अलिकती भय नि थियो। सम्पन्न राष्ट्रहरु समेत महामारी विरुद्धको लडाइँमा कमजोर देखिँदा हाम्रो जस्तो देशमा त्यसरी नै फैलियो भने कस्तो भयावह स्थि...