Posts

Showing posts from September, 2020

काठमाण्डौ 'ट्याग'

Image
             काठमाण्डौ एउटा ठाउँ मात्र रहेन । काठमाण्डौ प्रतिष्ठा हो, काठमाण्डौ ब्राण्ड हो, काठमाण्डौ इज्जत हो, काठमाण्डौ हैसियत हो, काठमाण्डौ मानपदवी हो, अझ भनुँ काठमाण्डौ एउटा त्यस्तो उपमा हो जुन हामी नेपाली कुनै न कुनै अवयवमा जोडिएर आओस भन्ने इच्छा राख्छौँ । काठमाण्डौ बिना हाम्रो जिवन अधुरो छ । कर्णालिका कुनाकाप्चा देखी लिएर तराईका छेउँछाउँ, हिमाल्, पहाडका हरेक बस्ती बस्तिमा एउटा कर्णप्रिय ध्वनी हो काठमाण्डौ । मानिसका रहर्, बाध्यता, सपना, आकांक्षा सबैतिर जोडिएर आउछ काठमाण्डौ । बिचार्, बहस, चिन्तन्, समाचार्, मुद्दा, परम्परा, दर्शन, बिज्ञान्, शिक्षा, स्वास्थ्य, रोजगार्, धर्म लगायत नेपालिका दिनन्दियमा आउँछ काठमाण्डौ । बच्चाको रहरमा, बयस्कको सपनामा र बृद्वको आस्थामा बसेको छ काठमाण्डौ । काठमाण्डौले आफै साशन गरेको छ हाम्रो जिवनमा ।                                                                ...