बुटवल - तानसेन सडकको हविगत; देखेर नि नदेखिएको ब्यथा !
दीपक ज्ञवाली, रुरुक्षेत्र - ५, गुल्मी पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पश्चिममा सबभन्दा बलियो राज्य थियो पाल्पा। त्यहाँका सेन बंशिय राजालाई पराजित गर्न नसकिने देखेर पृथ्वीनारायण शाहले त्यहाँका राजा संग मीत सम्बन्ध गाँसे र संगसंगै मिलेर इस्मा, अर्घा लगायतका राज्य जित्दै पाल्पाको अधिनस्थ बनाउदै गए अनि अन्त्यमा सबैलाई आफ्नै अधीनमा लिए। इतिहासले नै पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका स्थानको महत्व दर्शाउछ। राणा कालमा समेत पाल्पा देशकै दोस्रो राजधानीको रुपमा चिनिन्थ्यो। तानसेनमा, अर्गलीमा राणाहरुले दरबार बनाएका थिए। प्राकृतिक मनोरम बाताबरणको लागि त्यतिखेर पोखरा भन्दा बढी तानसेन च...