रुपन्देहीमै छ एउटा यस्तो कलेज जसको बारेमा धेरैलाई थाहा छैन ।
दीपक ज्ञवाली प्राध्यापक बुटवल, तिलोत्तमा, भैरहवा र आसपासमा थुप्रै क्याम्पसहरु छन् । ती सबै क्याम्पस मध्य आज हामी एउटा त्यस्तो क्याम्पसको बारेमा जानकारी गराउँदै छौं जसको बारेमा धेरैलाई थाहा छैन। बुटवल - भैरहवा सडकको छेउँमा, कटैया र लखनचोकको बिचमा, पश्चिम पट्टि ठुलो कम्पाउण्ड भित्र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले निर्मित, रातो र गोल्डेन रंग लागाइएको विशाल भवनमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि स्नातक तहमा बिबिए र बिएचएम कार्यक्रम सञ्चालन गरिरहेको एउटा कलेज हो- बुटवल मोडेल कलेज । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक प्रतिष्ठान न्यु होराइजन ईन्स्टिच्युट र राजधानीमा शैक्षिक क्रियाकलापको अग्रणी संस्था काठमाण्डौ मोडेल कलेजको संयुक्त लगानीको यो संस्था बुटवल मोडेल कलेज बुटवल-भैरहवा क्षेत्रमा एउटा अद्वितीय शैक्षिक संस्थाको रुपमा आफुलाई उभ्याउन सफल भएको छ। स्थापनाताका स्नातकोत्तर तहमा एमपिजिडी का...