रुपन्देहीमै छ एउटा यस्तो कलेज जसको बारेमा धेरैलाई थाहा छैन ।
दीपक ज्ञवाली
प्राध्यापक
बुटवल, तिलोत्तमा, भैरहवा र आसपासमा थुप्रै क्याम्पसहरु छन् । ती सबै क्याम्पस मध्य आज हामी एउटा त्यस्तो क्याम्पसको बारेमा जानकारी गराउँदै छौं जसको बारेमा धेरैलाई थाहा छैन।
बुटवल - भैरहवा सडकको छेउँमा, कटैया र लखनचोकको बिचमा, पश्चिम पट्टि ठुलो कम्पाउण्ड भित्र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले निर्मित, रातो र गोल्डेन रंग लागाइएको विशाल भवनमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि स्नातक तहमा बिबिए र बिएचएम कार्यक्रम सञ्चालन गरिरहेको एउटा कलेज हो- बुटवल मोडेल कलेज।लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक प्रतिष्ठान न्यु होराइजन ईन्स्टिच्युट र राजधानीमा शैक्षिक क्रियाकलापको अग्रणी संस्था काठमाण्डौ मोडेल कलेजको संयुक्त लगानीको यो संस्था बुटवल मोडेल कलेज बुटवल-भैरहवा क्षेत्रमा एउटा अद्वितीय शैक्षिक संस्थाको रुपमा आफुलाई उभ्याउन सफल भएको छ।
स्थापनाताका स्नातकोत्तर तहमा एमपिजिडी कार्यक्रम शंकरनगरमा सञ्चालन गरेको यो कलेज सन् 2014 देखि कटैया स्थित आफ्नै भवनमा थप कार्यक्रम सहित सञ्चालन भै रहेको छ।
भैरहवा र आसपासमा एउटा प्रतिष्ठित छाताभित्रको संस्थाको अपिरिहार्य आवस्यकतालाई दृष्टिगत गरि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिश्पर्धी जनशक्ती तयार गर्ने र यस क्षेत्रका विद्यार्थीलाई लाभान्वित तुल्याउने उद्देश्यले स्थापित यस कलेजले स्थापनाको छोटो अवधिमै अविश्वसनीय नतिजा प्राप्त गर्न सफल भएको छ।

पोखरा विश्वविद्यालय, जुन म्यानेजमेन्ट शिक्षामा राष्ट्र मै अग्रणी स्थानमा स्थापित छ, बाट सम्बन्धन लिएर बिबिएमा ४८ जना विद्यार्थी भर्ना लिन पाउने गरि स्थापना भएको यस कलेजले बढ्दो विद्यार्थी चाप र अभिभावकको चाहनालाई सम्बोधन गर्दै थप विद्यार्थी भर्ना लिन सकिने गरि विश्वविद्यालयमा दिएको आवेदन स्वीकृत भएको छ। यस कार्यबाट स्थानिय र भैरहवा क्षेत्रका विद्यार्थी अझ उत्साहित भएको देखिन्छ।

बिबिएमा देखिएको अदभुत सफलता र जनविस्वासले कलेजले समाजलाई पुर्याउनु पर्ने उत्तरदायित्व बढेको महशुस गरि दुई बर्ष पश्चात् यो क्षेत्रको महत्वपुर्ण आवस्यकता परिपुर्ति गर्ने लक्ष्य लिएर बिएचएम को सुरुवात गरेको हो। बिश्वकै एउटा महत्वपुर्ण र कहिल्यै नघट्ने ब्यवसायको रुपमा चिनिएको होटल तथा हस्पिटालिटी म्यानेजमेन्टमा अपेक्षाकृत जनशक्ति स्वदेशमै उत्पादन हुन नसकेको र सर्बसाधारण ले आफ्नै घर आगनमा रहेर त्यस्तो शिक्षा लिन नसकिरहेको अवस्थालाई हेरेर बुटवल मोडेल कलेजले स्नातक तहमा होटल म्यानेजमेन्ट (बिएचएम) कक्षा सञ्चालन सुरु गरेको हो।
निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र त्यसको कारण आसपासमा खुलेका र खुल्दै गरेका असंख्य तारेहोटलहरुलाई आवस्यक पर्ने जनशक्ति यहिं क्षेत्रमा तयार गर्ने मुख्य उद्देश्यले पर्याप्त भौतिक र शैक्षिक पुर्वाधार सहित बिएचएम कक्षाको सुरुवात गरिएको हो। आफ्नै घरमा बसेर बिएचएम अध्ययन गर्न पाउने र आफ्नै घर छेउँमै रोजगारी पाउने भएपछी विद्यार्थीहरु उत्साहित भएका छन। यस क्षेत्रमा हजारौं विद्यार्थीले १०+२ मा होटल म्यानेजमेन्ट पढ्ने तर रहर र चाहना हुंदाहुँदै पनि आर्थिक बोझले अन्यत्र गएर पढ्न नसक्ने र विभिन्न बिदेशी विश्वविद्यालयको सम्बन्धनलाई सरकारले अबैध घोषणा गर्दै जानुले विद्यार्थीहरु आफ्नो चाहना बिपरित अन्यत्रै पलायन हुनुपर्ने बाध्यतालाई यस कलेजले अन्त्य गरिदिएको छ।
यहाँ अध्ययन गर्न विभिन्न किसिमको छात्रवृत्ति समेत पाउन सकिन्छ। जेहेन्दार विद्यार्थी, गरिब तथा सिमान्तकृत, पिछडिएको क्षेत्र, खेल तथा विशेष क्षेत्रमा विशेष प्रतिभावान तथा यस संग आवद्ध बिद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले विभिन्न छात्रवृत्ति प्राप्त गर्न सकिन्छ। त्यसै गरि प्रबेश परिक्षामा प्रथम हुने तथा पोखरा विश्वविद्यालयको बोर्ड परिक्षामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई निशुल्क अध्ययन गर्ने गरि छात्रवृत्तिको ब्यबस्था गरिएको छ।
ठुला र प्रतिष्ठित संस्थाहरु संगको आवद्धताले गर्दा संस्था भौतिक पुर्बाधार र पुर्ण रुपमा शैक्षिक कार्यक्रम सञ्चालनमा कहिं कतै सम्झौता गर्नु पर्ने देखिन्न। नाफा भन्दा पनि गुणस्तरिय शिक्षा प्रदान गरि रोजगारी शृजना गर्नु र उत्कृष्ट जनशक्ती तयार गर्नु नै संस्थाको मुख्य उद्देश्य भएको कारण यो कलेज सम्पुर्ण सुबिधाहरुले भरिपुर्ण छ।

प्रसस्त जग्गा भएको यो कलेजको मुख्य एकाडेमिक बिल्डिङ्ग ठूलो र रहरलाग्दो छ। कक्षाकोठाहरु, ल्याब, स्टडी रुमहरु पुर्णरुपमा बातानुकुलित छन् । होटल म्यानेजमेन्टको प्राक्टिकल अध्ययनको लागि किचन, रेस्टुरेन्ट, बेकरी, शयनकक्ष, ड्रेसिङरुम लगायत सबै कुराहरु स्टार होटेल लेबलका छन। हरेक कक्षाकोठामा इन्टरनेट र मल्टिमिडिया फिट गरिएको छ। एउटा कक्षाका विद्यार्थी प्रत्येकको छुट्टै कम्पुटर सहित प्राक्टिकल स्टडी गर्न मिल्ने कम्पुटर ल्याब बनाइएको छ। प्रसस्त टेक्स्ट, रिफरेन्स र रिसर्च बुकले भरिएको लाइब्रेरी र इ-लाइब्रेरी छ। प्रसस्त खेल मैदान र बिद्यार्थिको चाहनालाई समेत मध्यनजर गरि विभिन्न खेल सामाग्री राखिएको छ। कृकेटको टिम नै बनाएर विभिन्न कलेज स्तरिय खेलहरुमा प्रतिश्पर्धा गराइन्छ। राष्ट्रिय टोलिका पुर्ब खेलाडि प्रशिक्षकको रुपमा रहनु भएको छ। भलिबल, ब्याडमिन्टन, टेवलटेनिस लगायत प्रसस्त खेल अभ्यास गर्ने वातावरण मिलाइएको छ।
बुटवल भैरहवामा ख्यातिप्राप्त अनुभवी र दक्ष प्राध्यापकहरु बाट मात्रै अध्यापन गराइने यस क्याम्पसमा बिएचएम स्थापनापछि काठमाण्डौ र बाहिरका विभिन्न शैक्षिक संस्थामा आवद्ध तथा होटलहरुमा कार्यरत बिशिस्ट र अनुभवि ब्यक्तिहरु झिकाएर गुणस्तरिय शिक्षा प्रदान गरिएको छ।
विद्यार्थीहरुको ब्यबहारिक अध्ययन र सीप वृद्धिको लागि विभिन्न औद्योगिक प्रतिश्ठान र स्टार होटलहरुमा आवधिक भिजिटकार्य लाई अनिवार्य गरिएको छ। होराइजन र केएमसीको संयुक्त लगानिमा सञ्चालित भएको कारणले विद्यार्थीले राम्रो उद्योग, बित्तिय संस्था तथा होटलहरु भिजिट गर्ने अवसर प्राप्त गर्छन जुन अन्य संस्थाबाट गर्न संभव छैन। राष्ट्रिय ख्यातिप्राप्त उद्योग, बैंक तथा पांचतारे होटलहरुमा इन्ट्रनशिपको अवसर पाउने विद्यार्थीहरुमा संभवत यो क्षेत्रमा यहि कलेजका मात्रै पर्छन।
प्रत्येक सेमेस्टरमा बिद्यार्थीलाई रिफ्रेशमेन्ट टुरको रुपमा न्युनतम तीन दिनको भ्रमण गराइन्छ। अभिभावक र विद्यार्थीसंगको सल्लाहमा पठाइने यस्ता भ्रमणहरुमा कलेजले कम्तिमा दुइजना प्राध्यापकहरु पठाउने गरेको हुंदा भ्रमण अत्यन्त रमाइलो, सुखद र मर्यादित हुने गरेको छ।
बिबिएमा दुइवटा ब्याचले यस कलेजबाट स्नातक पूरा गरिसकेका छन। दुई ब्याचमा १० भन्दा बढी डिन लिस्टेड र ९५% उत्तीर्ण नतिजा यो क्षेत्रमै अद्वितीय हो।
यहाँ बाट स्नातक गरेका मध्ये ५ जना विद्यार्थीले भारत तथा अस्ट्रेलियामा पुर्ण छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन गरिरहेका छन भने दुर्लभ कोटामा पर्ने पोखरा विश्वविद्यालयको एमबिए कार्यक्रममा पुर्ण छात्रवृत्तिमा दुइजना बिद्यार्थिले नाम निकाल्न सफल भएका छन।
त्यसैगरी ७ जना भन्दा बढी विद्यार्थीहरुले कमर्सियल बैंकमा अफिसर लेबलमा नाम निकाल्न सफल भएका छन भने ३ जना विद्यार्थीले रास्ट्रकै प्रमुख उद्योगहरुमा लेखाप्रमुखको जिम्मेवारी पाएका छन। नतिजा र रोजगारी दुबैमा अब्बल यो क्याम्पसमा भर्ना र अध्ययन शुल्क यस क्षेत्रका उस्तै प्रकारका अरु कलेजमा भन्दा कम नै छ।
स्थानिय रुटमा चल्ने सार्बजनिक बस चढेर सजिलै पुग्न सकिने ठाउँमा भएको यो कलेजले बिहानी सत्र (बिबिए) को लागि बुटवल भैरहवा सुनौली सम्म बस सेवा सञ्चालन गरेको छ भने दिवा सत्र (बिएचएम) मा पश्चिम रामापुर, पुर्ब खैरेनी, भैरहवा र निकट भविस्यमा परासी र लुम्बिनीसम्म बस सुबिधा थप गर्ने भएको छ।





























Comments
Post a Comment