शिक्षा पद्धति कस्तो हुनुपर्ने?

प्रायः मुलुकहरुमा माध्यमिक शिक्षा १२ कक्षा सम्म र त्यसमा पनि अन्तिम २ वा ३ बर्षलाई प्री-कलेज, प्री-युनिभर्सिटी लेबल भनेर स्तर निर्धारण गरिएको पाइन्छ। कतिपय देशमा माध्यमिक र इन्टरमिडियट ग्र्याजुएसन भनेर निश्चित उमेर समुहमा अनिवार्य पढ्नु पर्ने ब्यवस्था गरिएको छ। सार्क राष्ट्रमै राम्रो शिक्षा मानिएको श्रीलंकामा ११ कक्षा सम्म माध्यमिक र त्यसपछिको २ बर्षलाई कोलिगेट लेबल भनेर त्यस्लाई विश्वविद्यालय तहको अध्ययनको लागि आधार तयार गर्ने समयको रुपमा परिभाषित गरिएको छ। चिनमा १२ कक्षा (१९ बर्ष) सम्मको शिक्षा अनिवार्यरुपमा हरेक नागरिकले लिनै पर्ने गरि ब्यवस्था गरिएको छ। क्यानडामा र फिनल्यान्ड जस्ता उच्च बिकसित देशहरुमा कक्षा ९ सम्म जनरल एजुकेसन र कक्षा १०,११ र १२ तीन बर्ष युनिभर्सिटी लेबलको प्री-स्टडी कक्षाको रुपमा समग्र माध्यमिक शिक्षालाई बिभाजन गरेको देखिन्छ।
     यसरी हेर्दा अहिले नेपालले अवलम्बन गर्न खोजेको तहगत प्रणाली विश्वका धेरै मुलुकमा कार्यान्वयन भै रहेको माध्यमिक  शिक्षा ब्यवस्था संग मिल्दोजुल्दो देखिन्छ तर विभिन्न तहमा कस्तो खालको शिक्षा प्रदान गर्नु पर्ने भन्ने कुरामा भने नेपालको माध्यमिक शिक्षा योजना चुकेको देखिन्छ। राजनैतिक अस्थिरता, दाताको दवाब, श्रोत-साधनको अभाव तथा कथित बिज्ञहरुमा दुरदर्शिताको अभाव जस्ता कारणले समय सापेक्ष र विद्यार्थी तथा अभिभावक को चाहना अनुरुपको पाठ्यक्रम बन्न सकिराखेको छैन। शिक्षामा आमूल परिबर्तन खोज्ने, पुरानो शिक्षालाई 'बुर्जुवा' देख्ने एक तप्का र दक्ष जनशक्ति उत्पादन नभैदिए हुन्थ्यो भन्ने अभिष्ट बोकेका दाता/छिमेकिको कारण शिक्षा क्षेत्र झन तहसनहस भैरहेको छ।
    

Comments

Popular posts from this blog

Solution of All Case Study, (PU) BBA, Mathematics, First Semester

Solution of 'Case Study' in Business Mathematics II (BBA, PU)

रुपन्देहीमै छ एउटा यस्तो कलेज जसको बारेमा धेरैलाई थाहा छैन ।