बुटवल मोडेल कलेजले लकडाउनको बेला आफ्ना बिद्यार्थीले के गरुन भन्ने चाहन्छ ?


प्यारा बिद्यार्थी भाइ बहिनिहरु !
Fall Semester 2020 को पठन​-पाठन समाप्त भै युनिभर्सिटिको बोर्ड परिक्षाको मिति नजिकिदै गरेको अवस्थामा विश्वभरि फैलिएको महामारि को कारणले नेपाल सरकारले लकडाउन गरिसकेपछि एकाएक हाम्रा सम्पुर्ण गतिबिधिहरु बन्द गर्नु परेको हामिहरु सबैलाइ बिदितै संक्रामक रोगको महामारिलाई नियन्त्रण  रोकथाममा एक मात्र उपाय भनेकै लकडाउन एको विश्वका अधिकास मुलुकहरुले यहि उपाय अवलम्बन गरिरहेका छन्। हाम्रो देशमा पनि बिगत ४०।४५ दिन देखि लकडाउन कायम छ्। यस अवस्थामा एकातिर सक्रमितको सख्या थपिदै जानु अर्कोतिर सरकारले सन्तोषजनक ढंगले कार्य सम्पादन गर्न नसक्नुले हामि, हाम्रा बिद्यार्थी अभिभावकहरु अन्योलको स्थितिबाट गुज्रीरहेका छौ।
जिवन रहे मात्रै भविस्यको सपना हुन्छ। त्यसैले यो अवस्थाको पहिलो प्राथमिकता भनेकै आफ्नो समाजको जिउको सुरक्षा गर्नु हो। तसर्थ हामिहरु कत्ति बिचलित नभै आआफ्नो घरमा सुरक्षितबसि यो महामारिबाट आफु समस्त मानव जगतको रक्षा गर्नु पर्ने छ्। यसरि लामो समय घरमा बसिरहदा अनिश्चित भविस्यको परिकल्पनाले    मनोभवना नकारात्मक हुन नदिन हाम्रा बिद्यार्थीहरुले घरमा बस्दा परिवारका सदस्यहरुको बिचमा लामो छलफल चलाउने, पारिबारिक समस्या, आफ्नो बंश, उद्गम्स्थल्, पुर्बजहरु, आफन्तिहरुको बारेमा चाखपुर्बक सोधखोज गर्ने, आफ्नो भाषा, संस्कृती, रिति रिवाज्, परम्परा, धर्म​, जात इत्यादि कसरि बिकसित हुदै समाजमा त्यसको कस्तो प्रभाव छ?  आफ्नो भूगोल, समाज , सम्प्रदाय, त्यहाका रैथानेहरु, आप्रबासिहरु इत्यादिको इतिहास बर्तमानमा अभिरुचि जगाइ परिवारका सदस्यहरुमा छलफल गर्ने। नियमित ब्ययाम, योगा गर्ने, बिभिन्न खाले सगित सुन्ने, नाच्-गान गर्ने, बृत्तचित्र  हेर्ने, उपलब्ध किताबहरु पढ्ने, खेतबारिका काममा सबै सदस्यहरु सहभागि हुने इत्यादि क्रियाकलाप गर्नु उपर्युक्त हुनेछ।
यद्दपि बोर्ड परिक्षाको समय अनिश्चित तर परिक्षा अनिश्चित छैन त्यसैले आफ्नो पढाइलाइ बेवास्ता गर्नु हुदैन बिहान- बेलुका एउटा निश्चित समय छुट्यायर अध्ययनलाइ निरन्तरता दिनै पर्छ। परिवारका सबै सदस्य जम्मा एको बेला कलेजमा जस्तै निश्चित बिसयबस्तुमा  अथवा अन्य कुनै बिषयमा अभ्यास गर्न सकिन्छ हामिले लकडाउनको पालना गर्दै यसरि अभुतपूर्व ढगले आइलागेको फुर्सदको समयलाइ अत्यन्त महत्वपुर्ण बनाउन सक्छौ। अनावस्यक च्याटिङ गर्ने, डिजिटल गेम खेल्ने, फिल्महरुमा मात्रै समय बिताउने, दिउसोमा सुत्ने, आलस्य हुने, अनवस्यक रुपमा टोलमा जम्मा हुने, कुलतमा लाग्ने गर्न पट्टि लायौं भने यो समयको राम्रो सदुपयोग हुन्छ उल्टै समान्य जिवनमा फर्किन समेत अफ्ठ्यारो हुनेछ
हामि स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुको समाज रास्ट्रप्रतिको कर्तब्य दायित्व हुन्छ त्यसलाइ कुशलतापुर्बक निभाउन कुनै कसर बाकि नराखौ। आफ्नो आसपास कोहि  अपरिचित र शंकास्पद ब्यक्तिहरुको आउजाउ एको, नेपाल​-भारत खुल्ला सिमाको दुरुपयोग गर्दै लुकिछिपि प्रबेश गरि क्वारेन्टाइनमा समेत नबसि समाजमा हेलमेल गरेको पाइए भेट्टीए प्रहरि वा सम्बन्धित निकायमा खबर गरौ। उनिहरुलाइ त्यसो नगर्न संझाऔं
हामिहरुले समय तालिका बनाएर  Online Class चलाएका छैनौं तर सम्पुर्ण प्राध्यापकहरु बिद्यार्थी तथा अभिभावकसंग बिभिन्न माध्यमबाट संपर्कमै छौं परिआएका समस्याहरु मेसेन्जर्, ह्वाट्स एप्, भाइवर्, इमो लगाएतका सामाजिक सञ्जालको प्रयोग गरी समाधान गर्ने प्रायस गरेकै छौं ।त्यसरि गरिएका कृयाकलापमा केहि सुधार गर्न बान्छनिय देखिएमा सुझावको अपेक्षा गर्दछौं
अन्तमा हामी हाम्रा बिद्यार्थी अभिभावक प्राध्यापक कर्मचारी लगायत सम्पुर्ण शुभचिन्तकजनमा महामारी बिरुद्दको लडाइमा बिजय प्राप्त होस यो त्रासको अबधी नलम्बियोस भन्ने शुभकामना ब्यक्त गर्दछौं  



Officially
Butwal Model College
Kattaiya, Rupandehi, Nepal





Comments

Popular posts from this blog

Solution of All Case Study, (PU) BBA, Mathematics, First Semester

Solution of 'Case Study' in Business Mathematics II (BBA, PU)

रुपन्देहीमै छ एउटा यस्तो कलेज जसको बारेमा धेरैलाई थाहा छैन ।