हेपाहा भारत र अत्याधिक परनिर्भर हामी
भारतमाथिको हाम्रो परनिर्भरता नै हाम्रो स्वाभिमानको मुख्य बजार हो- जहाँ हामी नागरिक वा सरकार दैनिक कुनै न कुनै रुपले आत्मसम्मानको लिलामी गर्न बाध्य छौं। यो नै हाम्रो दुर्भाग्य हो। हाम्रा शासकहरु निरीह छन, बाध्य छन, लोभी छन, परस्त छन, निकम्मा छन, अयोग्य छन, लिप्त छन त्यो एउटा पाटो हो तर एउटा सार्बभौमसत्ता सम्पन्न राष्ट्रमाथी गिद्दे नजर लगाउने, हेप्ने, अनावश्यक अपेक्षा राखेर हस्तक्षेप गर्ने, भुंमिको क्षेत्रफल नापेर सानो ठुलोको भेद गर्ने, सामरिक उपयोगिताको अन्तर्राष्ट्रिय प्रचलनलाई आफ्नो निगाह सम्झिने हाम्रो छिमेकी राष्ट्रका सासक र नागरिकको मनोबिज्ञान पनि हामी नेपालिको ललाटमा कोरिएको अर्को दुर्भाग्यको स्थायी लकिर हो। सबै साना राष्ट्र (क्षेत्रफलमा)को जनताले छिमेकी ठुला राष्ट्रबाट हामिले जस्तो दुर्दशा भोग्नु परेको छैन। सोह्रौं, सत्रौं शताब्दीको जस्तो दर्दनाक औपनिबेशिक परिस्थितिको सामना गर्नु परेको छैन। भ्याटिकन सिटि एउटा ज्वलन्त उदाहरण हो। चारैतिरबाट इटलिले घेरेको छ तर पनि त्यहाँका जनताले हामिले जस्तो कतै पनि महशुस गर्नु परेको छैन। यस्ता थुप्रै देशहरु छिमेकमा छन जसले अर्को राष्ट्रलाई क्षेत्रफल अथवा सामरिक भु-उपयोगिताको हिसाबले होइन मित्र रास्ट्रको हिसाबले समानताको व्यबहार गर्छन। बिकसित वा अबिकसित हुनु त्यो राष्ट्रको आन्तरिक नियती हो तर देश देश हुन्छन। संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय विभिन्न संघ संस्थाहरु यहि तथ्यलाई आधार र आत्मसात मानेर स्थापित छन। कुनै पनि, कुनै रुपले पनि सार्बभौमसत्तासम्पन्न रास्ट्रहरुको बिचमा हुने भेद अन्तर्राष्ट्रिय कानुनको मूल्य मान्यता बिपरित हुन्छ। तर हाम्रो छिमेकी राष्ट्र भारत आफ्ना छिमेकी सबै राष्ट्र प्रती समानता त परैको कुरो आफुले बक्सेको ठान्नुमा गर्व गर्छ। शासक, मिडिया, सुरक्षा निकाय मात्र होइन सामान्य नागरिकमा समेत त्यो खालको अहम र रबैया कायम छ। पाकिस्तान र बंगलादेश हामिले 'सिना चिरके' (छाती टुक्र्याएर) बक्सेका राष्ट्र हुन। नेपाल, भुटान लगायतका भु-परिबेष्ठित देशहरु हाम्रो भुमिमा निर्भर नभै बाच्न सक्दैनन भन्ने सोंच त्यहाँका शासक देखि रैतिसम्म ब्यप्त छ। यिनिहरु म्यानमार, श्रीलंका, मालद्विप र अफगानिस्तान सम्मको देशको गरिबीको समेत मोलमोलाइ गर्छन र थोर-धेर सहयोगलाई आफ्नो बडप्पन ठान्छन। जहाँकी उल्लेखित राष्ट्रका कुल जनसंख्या बराबर आफ्नै देशमा उच्च गरिबी खेप्न बाध्य जनसंख्या छ।
कुटनैतिक कानुनका कुरा बेग्लै छन। उनीहरुको राष्ट्र ब्रीटेनको उपनिबेश हुंदा हाम्रो हैसियत ब्रीटेन बराबरको थियो। जसो जसो उनिहरु मुक्त हुँदै गए त्यसपछी सत्ता सम्हाल्नेहरुमा अभिमान बढ्दै गयो। यिनिहरुको उन्मुक्तिको मात अझै नि हामी अनुभव गर्छौं। कडा सासुको सासनमा हुर्केकी बुहारी सासुको शेखपछि समाजमै नअटाउने गरि छाडा हुन्छन भने जस्तै भए यी भारतियहरु।
म इतिहासको विद्यार्थी पनि हो। हाम्रो देशको विश्वविद्यालयमा छिमेकी भारत र चीनको इतिहास पढाइ हुन्छ। मैले उनिहरुको इतिहास पढेको छु। उनिहरुसंग भएका विभिन्न सन्धी सम्झौताहरुको अध्ययन गरेको छु। उनिहरुको आजादिको आन्दोलनताका नेपालिहरुले विशेष गरि बनारस पढ्न जानेहरुको योगदान, लाल बहादुर शास्त्री, भगत सिंह, गान्धी, बोस आदिले आजादिको आन्दोलन के कसरी चलाए, सफलताको जस लिने होडबाजी कसरी चल्यो र इतिहास कसरी लेखियो भन्ने कुराको अध्ययन गरेको छु। तर मेरो अभिप्राय ती तमाम बिषयबस्तु होइन। मेरो सम्बन्ध यिनिहरुको मनोबिज्ञान, सोंच र ब्यबहारसंग हो। मेरो लेख यिनिहरुको हेय प्रबृत्ति र त्यही खाले संस्कृतिसंग हो। राष्ट्रको कुटनैतिक मर्यादा , शिष्टता र मुल्यहरु मात्र होइन बहुसंख्यक नागरिकमा नेपाल प्रतिको भावना समान छ- बिचरा नेपाल र नेपालीहरु।।
अझ यो भावना बिहारी, युपि, पश्चिम बंगाली र उत्तराखण्डराज्यका अधिकारी र नागरिकमा झन गहिरो छ। रोटि बेटिको संबन्धको रुपमा व्याख्या गर्छन यिनिहरु। धार्मिक आस्था, भाषा-संस्कृति लगायत केही समानता हुंदैमा रास्ट्रको सार्बभौमिकतालाई त्यत्ति हल्का दृष्टिले लिनु मिल्छ? हामिहरुले बन्द गरिदियौं भने नेपालीको स्वासप्रस्वास बन्द हुन्छ भन्ने सोंच्छन यिनिहरु। भुपरिबेष्ठित राष्ट्रका अधिकार भनेर बुझ्दैनन। नेपालिहरु त्यहाँ रोजगारिकोलागि गएको यिनिहरु बैदेशिक रोजगार भनेर बुझ्दैनन- खान नपाएर छिरेका शरणार्थीको रुपमा लिन्छन। होच्याएर बोल्छन। सम्मानजनक ढंगले होइन अपमानजनक र व्यंग्यात्मक रुपमा 'बहादुर' भनेर बोलाउछन।
यिनिहरुको हेपाहा प्रवृत्ति बिकसित हुने अर्को महत्वपूर्ण कारण भनेको आजादिको आन्दोलनमा नेपालीले जसरी छिमेकी मित्रको रुपमा उनिहरुलाई सहयोग गरे त्यसैगरी हाम्रो देशमा लामो समय रहेको निरंकुश राणा शासनको अन्त्यकोलागी उनिहरुको सहयोगको अपेक्षा गर्नु थियो।राजा त्रिभुवन राणाहरुको षड्यन्त्र बाट बच्न नयाँ दिल्लि जानुलाई यिनिहरुले शरण पर्न गएको ठाने। त्यही घट्ना पछि यिनिहरु नेपालको शासनसत्तामा हस्तक्षेप गर्न शुरु गरे। इन्दिरा गान्धिको शासन अवधिमा यो चरमोत्कर्शमा पुग्यो। सार्बभौमिकतामै खतरा बढ्यो। भारतमा रहेका नेपालीहरु लखेटिए।राजा महेन्द्रको मृत्यु समेत अहिले सम्म रहस्य मै छ। हाम्रो देशमा त्यसपछी बिकसित राजनैतिक घट्नाक्रमले उनिहरुको हेय प्रवृत्तिलाई मलजल गरिरह्यो। सत्ता प्राप्त गर्न, टिकाइ राख्न र बिपक्षिलाई 'साइज'मा राख्न हाम्रो मुलधारका तथा क्षेत्रीय राजनैतिक दलहरुले सधैं उतैको साथ र सहयोगको अपेक्षा गरिरहे। माओवादी द्वन्द ब्यबस्थापनमा भारतीय सहयोगको बदला उसले हाम्रो संबिधान निर्माणमा उसको हित अनुकुल हुनुपर्ने सर्त तेर्स्यायो। द्वन्द ब्यबस्थापनको हाम्रो मौलिक अभ्यास विश्वले सराहना गर्दा यिनिहरु नाकाबन्दी गरेर आफ्नो हैसियत उदाङ्गो पारे।
अहिले पनि यिनिहरुसंगको सम्बन्ध तनावग्रस्त छ। सिमा बिबाद चुलिएको छ। नेपालमा जनस्तरमै भारत बिरोधी मनोबिज्ञान बढ्दो छ। विश्वब्यापी महामारीले आक्रान्त पारेर थलिएको यस अवस्थामा यो असमञ्जस्यपुर्ण स्थितिले कहिं कतै भयानक भविस्यको आसंका बढाएको छ। त्याहाँका मिडियाहरुले ओकेलिरहेको एन्टि-नेपाली तुष र त्यसको प्रभाव स्वरुप त्यहाँ रहेका प्रबासी नेपालीमा परेको समस्या भुसमा सल्केको आगो जस्तै भएको छ। दुई महिनादेखि लकडाउन गरेको देशबाट हजारौं नेपालिहरु सिमामा आइपुग्नु नै शंसयपुर्ण छ। श्रम बजारमा महत्वपुर्ण योगदान दिइरहेका नेपाली श्रमिकलाई यो अप्ठ्यारो परिस्थितिमा खेद्नु कति दुर्भाग्यपूर्ण र खेदजनक व्यवहार हो? यहि हुन्छ मित्र राष्ट्र संग समानताको व्यवहार? के उनिहरुका नागरिक नेपालमा थिएनन? कहिं कतैबाट भारतिय नागरिक खेदेको सुनियो? बरु कोरोनाबाट संक्रमित भएका उनिहरुलाई बकाइदा अस्पतालमा लगि उपचार गरेर पठाइयो।
हामी यिनिहरुमाथी विश्वासको आधार गुमाएका छौं। भुकम्पले त्यो अवस्थामा छंदा अत्यावश्यक सामान समेत आयातमा अबरोध पुर्याएको हामिले बिर्सेका छैनौं। अहिले पुन त्यो अवस्था न आउला भन्न सकिन्न। यथार्थ तथ्यांक नभएपनी १० लाख बढी नेपालिहरु भारतमा छन। यो महामारिको अवस्थामा तिनिहरुलाई लखेटेर नाकाबन्दी नगर्ला भन्न सकिन्न। हाम्रो आफ्नो भुंमी समेटेर नक्शा जारी गर्दा चिनको उक्साहाट देख्ने तिनिहरुको आँखामा महामारीको मौका छोपी नेपाललाई भुटान (अझ त सिक्किमकै) हालतमा पुर्याउने प्रयास नहोला भन्न सकिन्न।
भनिन्छ- आफ्नो थैलो राम्ररी बाध्नु अरुलाई दोष नदिनु। यद्यपि कतिपय अवस्थामा थैलो राम्ररी बाँधेर पनि असुरक्षित महशुस हुँदो रैछ। असुरक्षित हुनुमा कुटनैतिक संबन्ध कमजोर हुनु मात्र छैन उनिहरुको दरिद्र मानसिकता पनि छ। प्रवृत्ति छ। एउटा खेलाडीले खेलमा गरेको प्रदर्शनको आधारमा घर तोडफोडमा उत्रीने मनोबिज्ञान बोकेका मान्छेहरुबाट कस्तो अपेक्षा गर्न सकिन्छ?
परिस्थिति प्रतिकुल छ। सरकार महामारी विरुद्धको लडाइँमा छ। यहि बेला राष्ट्रको भुंमीमा छिमेकिको कु-दृष्टि परेको छ। सम्बन्धमा दरार शृजना भएको छ। यो अवस्थामा हामी नेपाली एकजुट हुनुको बिकल्प छैन। भारतसंगको अत्याधिक परनिर्भरताको बिकल्प तयार गर्नु पर्ने छ। प्रबासी नेपालिहरु बिशेष गरि भारतमा रहेकालाई ब्यबस्थित तरिकाले स्वदेश ल्याउनु पर्ने छ। यो सब कार्यमा सरकार-नागरिक एक ढिक्का भएर उभिँनु पर्ने भएको छ। पछिल्लो समय चर्चामा आएका कोइराला, रिजाल र प्रधानमन्त्री ओलिका अभिब्यक्ती र प्रतिक्रियाले राष्ट्रिय एकतामा बलियो सञ्चार प्रवाह गरेको छ।

Comments
Post a Comment